Sep 20 2024 | २०८१, असोज ४ गते

मन्त्रिपरिषद् बैठक : यी हुन् महत्वपूर्ण ५ निर्णयहरु

मन्त्रिपरिषद् बैठक : यी हुन् महत्वपूर्ण ५ निर्णयहरु

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३ २०८१
  • मन्त्रिपरिषद् बैठक : यी हुन् महत्वपूर्ण ५ निर्णयहरु

    काठमाडौँ । सरकारले जलवायु परिवर्तनअनुकूलन कार्यक्रम कार्यन्वयनका निम्ति फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

    images
    images

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट नेपाल प्रशासन सेवा समूहीकरणअन्तर्गतको राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा लोकनाथ पौडेललाई बढुवा गर्ने निर्णय पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । पौडेल हाल मधेस प्रदेशको कायममुकायम सचिवका रूपमा कार्यरत छन् । यस्तै, नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गत राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा राजेन्द्रप्रसाद पौडेललाई बढुवा गर्ने निर्णय गरिएको छ ।

    नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरिएको उनले बताइन् ।

    न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय समेत मन्त्रिपरिषद्को बैठकबाट गरिएको सञ्चारमन्त्री शर्माले जानकारी दिइन् । खड्का यसअघि पनि सो समितिको अध्यक्ष थिइन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार