संसदीय समिति बनाउने बिषयमा अझै सहमति भएन, कांग्रेसले अवरोध जारी राख्ने
संसदीय समिति बनाउने बिषयमा अझै सहमति भएन, कांग्रेसले अवरोध जारी राख्ने
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न दलहरुका बीचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ।
आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो।
दलहरुका बीचमा सहमतिको प्रयास भएको भए पनि नेपाली कांग्रेसले भनेअनुरुपको संसदीय छानविन समिति बनाउन सत्तारुढ दलहरु तयार नभएपछि कांग्रेसले अवरोध कायम राख्ने भएको छ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सहमतिको बिन्दुमा पुग्न नसकिएको बताइन्। उनले सहमति जुट्न नसकेका कारण कांग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने जानकारी दिइन्।