Sep 20 2024 | २०८१, असोज ४ गते

सदनको गतिरोध हटाउन सभामुख र दलका प्रमुख सचेतकबीच छलफल

सदनको गतिरोध हटाउन सभामुख र दलका प्रमुख सचेतकबीच छलफल

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ४ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ४ २०८१
  • सदनको गतिरोध हटाउन सभामुख र दलका प्रमुख सचेतकबीच छलफल

    काठमाडौँ । प्रतिनिधिसभामा देखिएको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग छलफल थालेका छन् । हिजो बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेलको स्थिति भएपछि सभामुखले सदन खुलाउन छलफल गरेका हुन्।

    images
    images

    प्रमुख सचेतकहरूसँगको बैठक अहिले सभामुखको कार्यकक्षमा जारी रहेको सभामुखको सचिवालयले जनाएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटम लाइन बनाएको छ । तर, हिजोको धकेलाधकेलपछि सहकारी प्रकरणमा समिति गठन गर्नेबारे सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको छ ।

    कांग्रेसले आज बसेको बैठकले सभामुखको भूमिका निष्पक्ष नभएको निष्कर्ष निकाल्दै अडानबाट पछि नहट्ने निर्णय गरिसकेको छ । यता, प्रधानमन्त्री प्रचण्डले पनि एमाले अध्यक्ष ओलीसँग छलफल गरिरहेका छन् ।

    कांग्रेसले आफ्नो अडानलाई बलियो बनाउँदै विपक्षी दलको मोर्चा बनाउन सबै दलसँग छलफल गर्ने निर्णय गरिसकेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट