Sep 20 2024 | २०८१, असोज ४ गते

सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा

सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ४ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ४ २०८१
  • सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने छलफलमा जुटेका छन् ।

    images
    images

    सिंहदरबारमा जारी बैठकमा तीन नेताहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम, संसद् बैठक व्यवस्थित ढंगले चलाउनेलगायतका बारेमा छलफल भइरहेको बताइएको छ ।

    सिंहदरबारमा सत्तारुढ शीर्ष नेताको छलफल चलिरहँदा नेपाली कांग्रेसले भने सरकारविरुद्ध विपक्षी मोर्चा कस्न संसदका प्रतिपक्षी दलका नेतासँग बानेश्वर संसद भवनको ल्होत्से हलमा छलफल गरिरहेको छ। कांग्रेस संसदीय दलको आजै बिहान बसेको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने निर्णय गरेको छ।

    संसद ११ बजेदेखि बोलाइएपनि दलका नेताहरू बैठक र संवादमा रहँदा कतिखेरबाट सुरू हुने निश्चित छैन।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट