Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधिसभा बैठकको समय सर्‍यो

प्रतिनिधिसभा बैठकको समय सर्‍यो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ४ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ४ २०८१
  • प्रतिनिधिसभा बैठकको समय सर्‍यो

    काठमाडौँ ।  राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ ।
         
    दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई नसकेकाले सभामुखको निर्देशनमा बैठकको समय सारिएको संसद् सचिवालयले जनाएको छ ।
         
    प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको माग गरेर सदनमा अवरोध गर्दै आएको छ । निकासका लागि सत्तापक्ष, प्रतिपक्षी दलबीच आज बेग्लैबेग्लै छलफल भएको छ भने सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे निर्धारण गरिएको छ । 

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार