Sep 20 2024 | २०८१, असोज ४ गते

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग छलफल गर्दै सभामुख

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग छलफल गर्दै सभामुख

एभरेष्ट हेडलाइन्स
शनिबार, जेठ ५ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, जेठ ५ २०८१
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग छलफल गर्दै सभामुख

    काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् ।

    images
    images

    छलफल दिउँसो २ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा हुने सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । उनका अनुसार छलफल संसद् गतिरोधबारे केन्द्रित हुनेछ । समय व्यवस्थापन भए प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सभामुख घिमिरेले छलफल गर्ने अधिकारीले बताए ।

    कांग्रेसले संसद् अवरोध गर्दै आएको छ । सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि उच्चस्तरीय संसदीय छानबिन समिति बन्नुपर्ने अडान राख्दै कांग्रेसले त्यो नबनेसम्म सदन चल्ने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट