Sep 20 2024 | २०८१, असोज ४ गते

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन दलहरुबीच सहमति

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन दलहरुबीच सहमति

एभरेष्ट हेडलाइन्स
शनिबार, जेठ ५ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, जेठ ५ २०८१
  • सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन दलहरुबीच सहमति

    काठमाडौँ । शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ । शनिवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत शीर्ष नेताहरुको बैठकबाट सो सहमति जुटेको हो। 

    images
    images

    यद्यपि सहमति उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि केन्द्रित भएर हो वा होइन भन्नेबारे स्पष्ट भने भइसकेको छैन। कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो। 

    बैठकपछि सञ्चारकर्मीहरुसँग कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलका शीर्ष नेताहरुको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको बताए। 

    उनले समिति बनाउन कानून, न्याय तथा संसदीइ मामिलामन्त्री पदम गिरीले सरकारको तर्फबाट सहजीकरण गर्ने पनि बताए।

    ‘आज हामी मुख्य दलका शीर्ष नेताहरुको बैठक बस्यो। प्रधानमन्त्रीजी, नेपाली कांग्रेस सभापतिजी, नेकपा एमाले अध्यक्ष ओलीजी, उपप्रधानमन्त्रीजी लगायतका नेताहरु बस्नुभएको हो। भोलिको सदनको विषयलाई लिएर छलफल भयो‚’ उनले भने,  ‘समिति बनाएर जानुपर्छ नै भन्ने हो, सबै सहमत भएकै अवस्था छ। समितिको कार्यादेश के हुने भन्नेबारेमा पनि काम गर्ने कुरा भएको छ। समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक रुपमा समान धारणा बनेको छ, यो उपलब्धि र सकारात्मक रुपमा बुझ्नुपर्छ। कानूनमन्त्रीजीले सहजीकरण गर्नुहुनेछ। संसदीय समिति बनाएर जाने विषयमा सबैको सहमति भएर समान धारणा बनेको छ।’

    प्रमुख सचेतक लेखकले टिओआर भने कार्यदलले आइतवार बनाउने बताए। समिति बन्ने भएसँगै आइतवारको संसद सहज रुपमा अघि बढ्ने प्रमुख सचेतक लेखकले बताए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट