Sep 20 2024 | २०८१, असोज ४ गते

लियो क्लब अफ काठमाडौँ  मिलनको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

लियो क्लब अफ काठमाडौँ  मिलनको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ६ २०८१
  • लियो क्लब अफ काठमाडौँ  मिलनको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौँ । लियो क्लब अफ काठमाडौँ  मिलनको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्लबका पुर्वअध्यक्ष तथा प्रमुख क्लब सल्लाहकार लायन श्याम कृष्ण फुयाल र पुर्वअध्यक्ष लियो आशिष थापाको  प्रमुख आतिथ्यता मा  कार्यक्रम सम्पन्न भएको हो । शनिबार काठमाडौँको  बसुन्धारा  स्थित साउथ वेस्र्टेन कलेजमा उक्त कार्यक्रम भएको थियो ।

    images
    images

    उक्त कार्यक्रममार्फत सभाबाट क्लब को तेस्रो  साधारणसभा आगामी लियो वर्ष २०२४ – २५ का लागि विभिन्न पद र जीम्मेवारीको लागि निर्वाचन भएको थियो ।  सर्वसम्मत रुपमा अध्यक्षमा लियो अबिनास श्रेष्ठ उपाध्यक्ष लियो सबिन  थापा, लियो सुनिल श्रेष्ठ  , सचिव मा लियो  ,प्रियंका गुरागाँइ  कोषाध्यक्षमा लियो सारिका पाल , सह-सचिवमा लियो सुजन बि क  निर्वाचित भएका छन् भने सह कोषाध्यक्ष मा लियो आशिष उप्रेती , जन सम्पर्क अधिकारिमा लियो मन्दीप सापकोटा  टेमरमा लियो  बिनिसा, सचेतकमा लियो रीशप पौडेल ,आईटी हेडमा लियो उत्शा भट्टराई, खेल विकास अधिकृतमा लियो दया थापा,  मिडिया समिति अधिकृतमा लियो सुशीला अधिकारी,  महिला सशक्तीकरणमा लियो भुमिका घिमिरे,   मुख्य सम्योजकमा लियो अश्मिता भन्डारी, वातावरण प्रमुखमा लियो सजिना भट्टराई, बालपन र युबा प्रमुखमा सबित्रा माझी, भोक राहतमा लियो सन्जु श्रेष्ठ  राजदूत लियो श्री कृष्ण रेग्मी र अनुजा अधिकारी,क्लब सल्लाहाकारमा लियो रमन खत्री र सदस्यमा लियो मन्जिल बस्नेत लियो सरोज गेवाली , लियो शैसभा न्यौपाने  निर्वाचित भएका छन् ।

    कार्यक्रममा प्रमुख अतिथिले निर्वाचित भएका पदाधिकारि हरु लाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । साथै उक्त क्लब का निवर्तमान अध्यक्ष ले निर्वाचित भएका पदाधिकारिहरु लाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ राखेका थिए । क्लबका नव निर्वाचित अध्यक्ष ले सबै मा धन्यवाद प्रधान गर्दै क्लव मा रहेका अधुरा काम आफ्नो कार्यकाल मा सम्पन्न गर्ने अठोट गरेका छन् ।

    उक्त कार्यक्रममा निबर्तमान अध्यक्ष लियो पुजा  भाट  लगायत सम्पूर्ण क्लबका सदस्य को उपस्थित रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार