Sep 20 2024 | २०८१, असोज ४ गते

टीओआर नटुंगिएसम्म सदन नचलाउन सभामुखलाई विपक्षी दलको आग्रह

टीओआर नटुंगिएसम्म सदन नचलाउन सभामुखलाई विपक्षी दलको आग्रह

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ६ २०८१
  • टीओआर नटुंगिएसम्म सदन नचलाउन सभामुखलाई विपक्षी दलको आग्रह

    काठमाडौँ । विपक्षी मोर्चाले संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न आग्रह गरेको छ । आज बिहानदेखि जारी कार्यदलको बैठकमा सहमति नजुटेपछि विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुखलाई भेट्न पुगेका थिए। शाहीले सभामुख देवराज घिमिरेलाई भेटेर विपक्षी दलहरूको आग्रह सुनाएका थिए।

    images
    images

    विपक्षीले बैठक नचलाउन सभामुखलाई आग्रह गरेका हुन्। कार्यदलमा सहमति गर्न सहयोग मागेपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि उक्त बैठकमा सहभागी छन्।

    आइतबार बिहान ११ बजे बस्ने तय भएको संसद् बैठक तत्कालका लागि अनिश्चित जस्तै बनेको छ। यसअघि कांग्रेससहित विपक्षी दलले गृहमन्त्री लामिछानेको जवाफ चित्त नबुझे आजपनि सदन अवरोध गर्ने निर्णय गरेका छन्।

    आइतबार बिहान बसेको विपक्षी दलको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रवि लामिछानेले दिने जवाफ सुन्न तयार भएको जनाएका छन्। जवाफ चित्त बुझे सदनअघि बढ्न दिने नत्र विरोध गर्ने विपक्षी दलका सांसदले जनाएका छन्।

    गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रहरणसहित सहकारी समस्याको छानबिन गर्न समिति बन्ने भएसँगै कांग्रेससहितका विपक्षी दलका सांसदले गृहमन्त्रीको जवाफ सुन्न तयार भएका हुन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट