Sep 20 2024 | २०८१, असोज ४ गते

गौशालामा अतिक्रमण गरी बनाइएका घरमा काठमाडौँ  महानगरले चलायो डोजर

गौशालामा अतिक्रमण गरी बनाइएका घरमा काठमाडौँ  महानगरले चलायो डोजर

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ६ २०८१
  • गौशालामा अतिक्रमण गरी बनाइएका घरमा काठमाडौँ  महानगरले चलायो डोजर

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर लगाएर भत्काएको छ ।

    images
    images

    महानगरले गौशालाचोक आसपासमा सडक किनारमा मापदण्ड विपरित अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा आइतबार डोजर लगाएर भत्काएको हो ।

    मापदण्ड विपरित बनाइएको घर टहरामा नियमित रुपमा भत्काउँदै जाने महानगरले जनाएको छ । महानगरपालिकाले यसअघि गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन ३५ दिन अगाडि सूचित गरेको थियो । १५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो । तर घर धनीले आफैं नभत्काएपछि डोजर चलाएको महानगरले जनाएको छ ।

    यस्तै शुक्रबार चाबहिलस्थिल भत्केको पुल आसपासमा बनेको अवैध संरचनाहरु भत्काएको थियो । महानगरले पछिल्लो समय महानगरभित्रका मापदण्डविपरित बनेका घर टहरा भत्काउँदै आएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार