Nov 25 2024 | २०८१, मंसिर १० गते

images

संसदीय छानबिन समिति गठन : कार्यदलमा कार्यादेशमै कुरा नमिलेपछि संसद् बैठक अनिश्चित

संसदीय छानबिन समिति गठन : कार्यदलमा कार्यादेशमै कुरा नमिलेपछि संसद् बैठक अनिश्चित

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ६ २०८१
  • संसदीय छानबिन समिति गठन : कार्यदलमा कार्यादेशमै कुरा नमिलेपछि संसद् बैठक अनिश्चित

    काठमाडौँ । संसदीय छानबिन समिति बनाउन कार्यादेश निर्माण गर्न बनेको कार्यदलमा सहमति नजुटेपछि प्रतिनिधि सभा बैठक अनिश्चित बनेको छ । सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिनामा संसदीय छानबिन समिति बनाउने सहमतिमा दलहरू पुगे पनि क्षेत्राधिकारबारे सहमति नबनेपछि कार्यदलको बैठक फेरि बस्ने भन्दै बिनानिष्कर्ष सकिएको छ । यसले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अनिश्चित बनेको छ ।

    images
    images
    images

    क्षेत्राधिकार टुंगो लगाउन बिहानदेखि दिउँसो २ बजेसम्म सिंहदरबारमा बसेको कार्यदलको बैठकमा सहमति जुट्न नसकेको कार्यदल संयोजक कानुनमन्त्री पदम गिरीले जानकारी दिए । कांग्रेसले समय माग गरेपछि अहिले बैठक स्थगित भएको उनले बताए ।

    कांग्रेसले कार्यादेशमा गृहमन्त्रीकै नाम उल्लेख गरिनुपर्ने अडान राखेको कार्यदल सदस्य एमाले प्रमुख सचेतक महेश बस्तौलाले जानकारी दिए । दलहरू सहमति नजिकै पुगेको उनले बताए ।

    संसदीय समितिको क्षेत्राधिकारका विषयमा केही सहमति जुट्न बाँकी रहेको उनको भनाइ छ । दलहरूबीच कार्यादेशमा सहमति नहुँदा प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अनिश्चित बनेको छ । दिउँसो २ बजेका लागि प्रतिनिधि सभा बैठक सारिएको थियो।

    कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समितिका कार्यादेश टुंगो नलगाई सदनका कार्यसूचीमा प्रवेश गर्ने अवस्था नभएको बताए । कांग्रेसले गृहमन्त्रीको नाम, ठगीमा परेका सहकारीका नाम पनि उल्लेख गरिनुपर्ने विषय राखेको छ भने एमाले र रास्वपाले व्यक्ति नतोक्न अडान लिइरहेका छन्।

    सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार