Sep 20 2024 | २०८१, असोज ४ गते

राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल

राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ६ २०८१
  • राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीति तमासा भइरहेको बताएका छन्। शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

    images
    images

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको बताए।  उनले राष्ट्रिय राजनीतिमा आफूहरुलाइृ बेवास्ता गरिरहेको आरोप लगाए। उनले राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको बताए।

    उनले देशको राजनीति स्थिर भएर अघि बढ्नुपर्ने बताए। देशमा स्थायित्व र वामपन्थी कम्युनिष्टहरु बीचको एकता र समझदारी नयाँ उचाईमा पुग्नुपर्ने उनको भनाइ थियो।  उनले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यु अत्यन्तै बिजी हुनुहुन्छ। राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी बिजी कोही पनि छँदै छैन होला। हमी त खालि तमासा हेरेर बस्ने मान्छे हो। हामी यि सबै घटनालाई नियालीरहेका छौं। अवलोकन गरिरहेका छौं।’ अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई अघि बढाएर लैजाने ऐतिहासिक जिम्मेवारी आफूहरुको रहेको बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट