Sep 20 2024 | २०८१, असोज ४ गते

प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसले लगायो ह्वीप, संसद् अवरोध जारी राख्ने

प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसले लगायो ह्वीप, संसद् अवरोध जारी राख्ने

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ७ २०८१
  • प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसले लगायो ह्वीप, संसद् अवरोध जारी राख्ने

    काठमाडौँ ।  नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । बिहान नयाँ वानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकले सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गर्न प्रमुख सचेतक रमेश लेखकलाई निर्देशन दिएको छ ।

    images
    images

    संसद् पार्टीले गर्दै आएको अवरोध पनि राख्ने निर्णय गरेको प्रमुख सचेतक लेखकले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले सोमबार संसदबाट विश्वासको मत लिने कार्यसूची तय भएको छ । कांग्रेसको यो निर्णयले बैठक प्रभावित हुने देखिएको छ ।

    कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत ठगी, अपचलन, दुरूपयोग र हिनामिनामा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

    प्रधानमन्त्री र सत्ता पक्षका नेताहरू संसदीय समिति बनाउन तयार देखिए पनि यसको कार्यक्षेत्रलाई लिएर सत्ता पक्ष र कांग्रेसबीच सहमति हुन सकेको छैन।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट