Sep 20 2024 | २०८१, असोज ४ गते

नयाँ बानेश्वरमा कांग्रेस संसदीय दल बैठक

नयाँ बानेश्वरमा कांग्रेस संसदीय दल बैठक

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ७ २०८१
  • नयाँ बानेश्वरमा कांग्रेस संसदीय दल बैठक

    काठमाडौँ । नेपाली कांग्रेसको आकस्मिक संसदीय दल बैठक बसेको छ । सोमबार दिउँसो बानेश्वरस्थित ल्होत्से हलमा संसदीय दल बैठक बसेको हो।

    images
    images

    कांग्रेसले सोमबारको प्रतिनिधि सभामा पनि संसदीय छानबिन समिति गठनको माग गर्दै वेल घेराउ र नाराबाजी गरेको थियो।

    कांग्रेससहित प्रतिपक्षी दलहरूको विरोधकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले विश्वास मत लिएका छन्। प्रधानमन्त्रीलाई एक सय ५७ जना सांसदले विश्वास मत दिएका छन्।

    प्रधानमन्त्रीले विश्वास मत लिँदा कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाले उभिएर विरोध गरेका थिए। 

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनमा संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। कांग्रेसले संसदीय दल बैठकलगत्तै पत्रकार सम्मेलन गर्ने बताएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट