Sep 20 2024 | २०८१, असोज ४ गते

काँग्रेसले बोलायो कार्यसमिति र संसदीय दलको संयुक्त बैठक 

काँग्रेसले बोलायो कार्यसमिति र संसदीय दलको संयुक्त बैठक 

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ७ २०८१
  • काँग्रेसले बोलायो कार्यसमिति र संसदीय दलको संयुक्त बैठक 

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । संसदमा देखिएको गतिरोधसहितका समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले आगामी बुधबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको हो ।

    images
    images

    सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले निष्पक्ष अनुसन्धानका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । सोमबार कांग्रेससहित विपक्षी दलको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिएका छन् । कांग्रेसले यसलाई संसदीय मूल्य र मान्यताविपरीत भनेर टिप्पणी गरेको छ ।

    साथै, समामुख देवराज घिमिरेले पनि पार्टी कार्यकर्ताको भूमिका निभाएको आरोप कांग्रेसले लगाएको छ । कांग्रेसले विपक्षी ५ दलसँग मिलेर सदन र सडकबाट सहकारी प्रकरणको विषयमा छानबिन समिति गठनमा दबाब बढाउने निर्णय संसदीय दलको बैठकबाट गरेको छ । 

    आइतबार मात्रै गृहमन्त्री रवि लामिछानेले कांग्रेसका नेताविशेषलाई आरोपित गर्दै भ्रष्टाचार र अनियमितताको आरोप लगाएका छन् । यस्तो आरोपको पुष्टि गर्न समेत कांग्रेसले गृहमन्त्रीलाई चुनौती दिएको छ । 

    यही विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न कांग्रेसले बुधवार केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट