Sep 20 2024 | २०८१, असोज ४ गते

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ८ २०८१
  • कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

    images
    images

    जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा मंगलबार सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गरेको हो । उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ ।

    सिरोहियाविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको थियो ।

    सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार