Sep 20 2024 | २०८१, असोज ४ गते

राजदूत भोल्कबाट सीपमेलाको स्थलगत अवलोकन

राजदूत भोल्कबाट सीपमेलाको स्थलगत अवलोकन

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ८ २०८१
  • राजदूत भोल्कबाट सीपमेलाको स्थलगत अवलोकन

    काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले काठमाडौँ महानगरपालिकाको आयोजनामा टुँडिखेलमा जारी  ‘सीप मेला, २०८१’ कोे आज स्थलगत अवलोकन गरेका छन् ।  

    images
    images

    अवलोकनका क्रममा राजदूत भोल्कले तालिमको पाठ्यक्रम, सिकाइ प्रक्रिया, श्रम बजारसँगको सम्बन्ध, साझेदारी र यसपछि सञ्चालन हुने क्रियाकलापका विषयमा जिज्ञासा राखेका थिए । 

    राजदूत भोल्कलाई महानगरका उपप्रमुख सुनिता डङ्गोलले सीप मेला सबैलाई समान अवसर प्रदान गर्ने तथा व्यावसायिक पेसाको क्षमता विकासको कार्यक्रम भएको बताएका थिए । तालिम लिएकालाई रोजगारी दिन वा स्वरोजगार बनाउनका लागि अन्तिम दुई दिन रोजगार मेलाको आयोजना गर्ने उनको भनाइ थियो । 

    उपप्रमुख डङ्गोलले भने, “तालिममा सञ्चालन गरिएको प्रयोगात्मक कक्षामा सहभागीले फलामको घर निर्माण गरिसक्नुभएको छ, इँटा प्रयोग गरी भवनको जग निर्माण गरिसक्नुभएको छ, टायल र मार्बल प्रयोग गरी संरचना निर्माण गर्नुभएको छ, यो तालिमको प्रभाव हो ।”

    कामपाको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बेरोजगारलाई श्रम बजार र रोजगारीसँग जोड्नु नै मेलाको उद्देश्य भएको बताए । “तालिम लिनका लािग स्थानीय, फोहर प्रभावित क्षेत्रका व्यक्ति र महिलालाई प्रोत्साहित गरेका छौँ”, उनले भने 

    नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घसँगको सहकार्यमा गत वैशाख १९ गतेदेखि सुरु ‘सीप मेला २०८१’ कामपाको गौरव योजनाअन्तर्गत रहेको छ । ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ नाराका साथ सुरु मेलामा १० क्षेत्रका ३६ पेसासम्बन्धी तालिम प्रदान गर्ने लक्ष्य लिइएको छ । मेलामा १८ देखि ५८ वर्ष उमेर समूहका व्यक्ति सहभागी छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार