Sep 20 2024 | २०८१, असोज ४ गते

कैलाश सिरोहिया धनुषा जिल्ला अदालतमा पेश

कैलाश सिरोहिया धनुषा जिल्ला अदालतमा पेश

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ९ २०८१
  • कैलाश सिरोहिया धनुषा जिल्ला अदालतमा पेश

    काठमाडौँ । कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ ।  मंगलबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार अदालतमा पेश गरेको हो ।  

    images
    images

    उनीमाथि म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाउने या के गर्ने भन्नेबारे न्यायाधीश चुडामणि खड्काको इजलासमा सुनुवाइ सकिएपछि टुंगो लाग्नेछ । अदालतले म्याद थप गरेमा उनी हिरासतमा रहनेछन् भने अस्विकार गरेमा रिहा हुनेछन् ।  

    दोहोरो नागरिकता प्रकरणमा उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा परेको जाहेरीको आधारमा पक्राउ गरेको हो । प्रहरीकै अनुरोधमा मंगलबार उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार