प्रधानमन्त्रीले भने– कैलाशसँग सरकारको के को रिसिइबी ?
प्रधानमन्त्रीले भने– कैलाशसँग सरकारको के को रिसिइबी ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियालाई अदालतले नै प्रक्रिया अघि बढाऊ भनेपछि पक्राउ गरिएको बताएका छन् ।
चन्द्रागिरीमा बुधबार भएको एक कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो । उहाँसँग के को रिसइबी ?”
उनलाई गृहमन्त्री रवि लामिछानेले व्यक्तिगत प्रतिशोधका कारण पक्राउ गरेको भन्न छ नि भनी सोधेको प्रश्नमा दाहालले भने, “त्यो मान्छेले भन्ने कुरामात्रै हो । अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ ।” सिरोहियालाई नागरिकताबारे धनुषा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार थापाथलीस्थित कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको थियो। सिरोहियालाई म्याद थप गर्ने तयारी भइरहेको छ।