Sep 20 2024 | २०८१, असोज ४ गते

सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैनः अध्यक्ष ओली

सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैनः अध्यक्ष ओली

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ १० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ १० २०८१
  • सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैनः अध्यक्ष ओली

    मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकतामाथि प्रश्न उठेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको घटनाले प्रेस स्वतन्त्रता हनन् नहुने बताएका छन् । 

    images
    images

    एमाले मोरङ जिल्ला कमिटीले विराटनगर– ११ स्थित पाञ्चालिमा रहेको भवन परिसरमा निर्माण गरिएको नेताद्वय स्व पुष्पलाल श्रेष्ठ, मदनकुमार भण्डारी र मनमोहन अधिकारीको अर्धकदको शालिक अनावरणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नागरिकता छानबिनको विषय प्रेस स्वतन्त्रता हनन्सँग सम्बन्धित नरहेको स्पष्ट पारे।

    “नागरिकता छानबिनबाट मुलुकमा अधिनायकवाद र निरङ्कुशता कायम हुने भन्ने कुरा जनतामा भ्रम सिर्जना गर्ने कार्यमात्र भएको हो । कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया कसैको रिसइबिले होइन नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परेका हुुन, यसलाई गलत रुपमा प्रस्तुत गर्नु हुँदैन”, अध्यक्ष ओलीले भने । उनले नेपाली कांग्रेसले सहकारीको मुद्दामा भोलिदेखि सडकमा आन्दोलन गर्नु जरुरी नभएको धारणा राखे । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार