Sep 20 2024 | २०८१, असोज ४ गते

सगरमाथा आरोहणका क्रममा केन्याली नागरिकको मृत्यु

सगरमाथा आरोहणका क्रममा केन्याली नागरिकको मृत्यु

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ १० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ १० २०८१
  • सगरमाथा आरोहणका क्रममा केन्याली नागरिकको मृत्यु

    काठमाडौँ । सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुईको  को मृत्यु भएको छ । पर्यटन विभागका अनुसार बिना अक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो । बुधबार रातिे सगरमाथा चुचुरो नजिकै ९८,८३० मिटर० उनी मृता वस्थामा भेटिएका थिए ।

    images
    images

    मे १८ तारिखका दिन नेपाली गाईड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ विनाअक्सिजन जोसुआ सगरमाथाको आधारशिविरबाट दोस्रो शिविरतर्फ गएका थिए । उनी २० मे का दिन तेस्रो शिविर पुगेको थिए । २१ मेका दिन चौथो शिविर पुगेका उनीहरु २२ मे (बुधबार) बिहान सगरमाथा चुचुरोतर्फ लागेका थिए।

    आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरे/नगरेको यकिन नभएको समेत विभागले जनाएको छ । बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभव माउन्टेन पथप्रदर्शक परिचालन गरी क्याम्प २ माथि खोज तथा उद्धारका लागि परिचालन गरेको थियो । सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको थियो । सहयोगी शेर्पाको अवस्था समेत अज्ञात रहेकाले अझै खोजी जारी रहेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार