Sep 20 2024 | २०८१, असोज ४ गते

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ११ २०८१
  • प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने

    काठमाडौँ ।  आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति  तथा कार्यक्रममाथि संसदमा आजदेखि छलफल सुरू हुने भएको छ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दैछ।  

    images
    images

    प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदनको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची छ। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।

    प्रधानमन्त्री प्रचण्डले गत शुक्रबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको वेल घेराउ र नाराबाजीबीच नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका थिए। सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले संसदमा अवरोध जनाउँदै आएको छ। संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष र प्रतिपक्ष सहमत भएपनि समितिको कार्यादेशमा टुंगो लाग्न सकेको छैन।

    कांग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने संलग्न रहेको आरोप लगाउँदै उनको नाम किटानीका साथ कार्यादेश बनाउनुपर्ने मागबाट पछि नहट्दा सहमति हुन सकेको छैन ।

    संसदीय छानबिन समितिको 'टीओआर' मा सहमति जुटाउन कार्यदलको बैठक पटक-पटक बस्दै आएपनि निष्कर्षमा पुग्न सकेको  छैन। जसले गर्दा संसद प्रभावित हुँदै आएको छ।

    कार्यदलमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियार र सांसद ज्ञानेन्द्रबहादुर कार्की तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार