Sep 20 2024 | २०८१, असोज ४ गते

सरकारसँग नझुक्ने विपक्षी दलको निर्णय, सदनको अवरोध कायमै राख्ने

सरकारसँग नझुक्ने विपक्षी दलको निर्णय, सदनको अवरोध कायमै राख्ने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ११ २०८१
  • सरकारसँग नझुक्ने विपक्षी दलको निर्णय, सदनको अवरोध कायमै राख्ने

    काठमाडौँ । नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको बैठकले सदनको अवरोध कायमै राख्ने निर्णय गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको विपक्षी नेताहरुको बैठकले संसद्को गतिरोध जारी राख्ने निर्णय गरेको हो।

    images
    images

    विपक्षी दलहरूले संसद् बैठकमा अवरोध गर्दै आएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै संसद् अवरोध गर्दै आएको छ।

    संसदीय छानबिन समिति बनाउने निर्णय भएपनि टीओआर (कार्यादेश) मा सहमति नजुट्दा कांग्रेसले अवरोध कायमै राखेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार