Sep 20 2024 | २०८१, असोज ४ गते

संसद बैठक सुरु,बोल्न पाउनुपर्ने माग गर्दै प्रतिपक्षी कांग्रेसको अवरोध (लाइभ)

संसद बैठक सुरु,बोल्न पाउनुपर्ने माग गर्दै प्रतिपक्षी कांग्रेसको अवरोध (लाइभ)

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ११ २०८१
  • संसद बैठक सुरु,बोल्न पाउनुपर्ने माग गर्दै प्रतिपक्षी कांग्रेसको अवरोध (लाइभ)

    काठमाडौँ । संघीय संसदअन्तर्गत शुक्रबार प्रतिनिधिसभाको बैठक सुरू भएको छ। बैठकको सुरूमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठेर विरोध गरेको छ। सभामुख देवराज घिमिरेले विरोध नगर्न र सभा संचालन गर्न दिन आग्रह गरेका छन्।

    images
    images

    प्रतिपक्षी दलका सांसदले बोल्न पाउनुपर्ने आवाज उठाएका छन्। सहकारीको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेशमा कुरा नमिल्दा कांग्रेस विरोधमा उत्रिएको हो।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै उनको नाम किटानीका साथ कार्यादेश बनाउनुपर्ने मागबाट पछि नहट्दा सहमति हुन सकेको छैन। सरकारले आजको बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ।

    दैनिक कार्यसूची हटाएर त्यसको लागि सिधै कार्यक्रममा प्रवेश गर्न खोज्दा कांग्रेसले बोल्न पाउनुपर्ने माग गर्दै अवरोध गरेको हो।
    कांग्रेस प्रमुख सचेतक रमेश लेखक, महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्मालगायतले बोल्न पाउनुपर्ने माग राखेका राखे भने अन्य सबै बाँकी सांसदले उठेर विरोध गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार