Sep 20 2024 | २०८१, असोज ४ गते

सरकारले सम्झौता कार्यान्वयन नगरेपछि सहकारी पीडित फेरि आन्दोलनमा 

सरकारले सम्झौता कार्यान्वयन नगरेपछि सहकारी पीडित फेरि आन्दोलनमा 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ११ २०८१
  • सरकारले सम्झौता कार्यान्वयन नगरेपछि सहकारी पीडित फेरि आन्दोलनमा 

    काठमाडौँ । सहकारी पीडितहरूले काठमाण्डौसहित विभिन्न शहर तथा जिल्लास्तरमा आन्दोलन शुरु गरेका छन् । बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै उनीहरूले तेस्रो चरणको आन्दोलन शुरु गरेका हुन् ।

    images
    images

    आज काठमाडौँ उपत्यका, पोखरा, बुटवल, चितवन, नवलपरासी, धरानलगायत विभिन्न जिल्लामा बिहान ११ बजेर ११ मिनेटमा एकै पटक आन्दोलन शुरु गरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घका अध्यक्ष कुशलव केसीले जानकारी दिए ।

    सरकारले यसअघि पीडितहरूको बचत फिर्ताका लागि सम्झौता गरेको थियो । तर त्यो कार्यान्वयन नभएपछि बाध्य भएर पुनः आन्दोलनमा आउनुपरेको केसीले जानकारी दिए । यस्तै पीडितहरूले काठमाडौँको माइतीघर मण्डलामा रिले अनशन पनि शुरु गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार