Sep 20 2024 | २०८१, असोज ४ गते

सिरोहियाको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी

सिरोहियाको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ११ २०८१
  • सिरोहियाको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी

    जनकपुरधाम । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको मुद्दामा बहस सकिएको छ ।

    images
    images

    धनुषा जिल्ला अदालतको ५ नम्बर इजलासमा उपस्थित गराएपछि सुरुमा सिरोहियाकोतर्फबाट ७ जना वरिष्ठ वकिलले बहस गरे । सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहित वकिलहरूको जम्बो टोलीले बहस गरेको हो ।

    सिरोहियाको पक्षमा थापासँगै मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू सीताराम भट्टराई, शेरबहादुर केसी, रमन श्रेष्ठ, गोविन्द बन्दी र रमण कर्णसहितले बहस गरे । धनुषा अदालतको पाँच नम्बर इजलासमा न्यायाधीश रोमाकान्त ज्ञवालीसमक्ष सिरोहियाका वकिलहरूले बहस सकेपछि सरकारी वकिलकोतर्फबाट बहस भएर सुनुवाइ सकिएको हो ।

    सुनुवाइ सकिएसँगै अब न्यायाधीश ज्ञवालीले यो मुद्दामा सिरोहियालाई म्याद थप गरेर हिरासतमै राख्ने या बाहिर पठाएर प्रक्रिया अघि बढाउने आदेश दिने छन् ।

    मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई अदालतले शुक्रबार (आज) सम्म दिएको तीन दिनको म्याद सकिएपछि थप्न पेस गरिएको थियो ।

    जिल्ला सरकारी वकिल कार्यालय धनुषाका प्रमुख सुदीप दंगालले सिरोहियाको केसमा अनुसन्धान नसकिएकाले थप ५ दिन म्याद मागेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार