Sep 20 2024 | २०८१, असोज ४ गते

नाराबाजीबीच प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण पेश 

नाराबाजीबीच प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण पेश 

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
  • नाराबाजीबीच प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण पेश 

    प्रमुख प्रतिपक्ष दलका सांसदको नाराबाजीबीच अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गरेका छन्।

    images
    images

    सभामुख देवराज घिमिरले आइतबार प्रतिनिधि सभाको बैठकको कार्यक्रम शुरू गर्ने वित्तिकै नेपाली कांग्रेसका सांसदले विरोध जनाएका थिए। उनीहरूले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएका छन्।

    संसदीय समिति गठनमा सहमति जुटेको भए पनि कार्यक्षेत्रबारे विवाद छ। विपक्षी दलले सहकारी ठगीमा संलग्न गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान लिएका छन् भने सत्तापक्षले व्यक्ति विशेषलाई तोक्न नहुने पक्षमा छन्। जसले गर्दा संसदीय समितिको कार्यक्षेत्रबाट सहमति जुट्न सकेको छैन।

    आइतबारको बैठकमा पनि कांग्रेस सांसदले त्यही माग दोहो-याउँदै नाराबाजी गरेका हुन्। त्यहीबीच सभामुख घिमिरेले अर्थमन्त्री पुनलाई आर्थिक सर्वेक्षण पेश गर्न समय दिएका थिए।

    अर्थमन्त्री पुन मर्यादापालकको घेरामा रोस्ट्रममा पुगेका थिए। उनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार