कांग्रेसको विरोध र नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित
कांग्रेसको विरोध र नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित
काठमाडौँ । संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठकबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच आइतबार रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख देवराज घिमिरले घोषणा गरेका हुन् ।
बैठकमा उक्त छलफलको क्रममा उठेका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएका थिए । अब अर्को बैठक जेठ १५ गते दिउँसो ४ बजेका लागि बोलाइएको छ ।