सहमति खोज्न शीर्ष नेतृत्वको बैठक बालुवाटारमा सुरु
सहमति खोज्न शीर्ष नेतृत्वको बैठक बालुवाटारमा सुरु
काठमाडौँ। संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन शीर्ष नेतृत्वको बैठक बालुवाटारमा बसीरहेको छ । केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रतिपक्षी नेपाली कांग्रेसले उठाउँदै आएका मागका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका हुन् ।
कांग्रेसका कारण जारी संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने उद्देश्यले प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुसँगको छलफललाई तिब्रता दिएका हुन् ।
छलफलमा सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यसमेत सहभागी छन् ।