Sep 20 2024 | २०८१, असोज ४ गते

कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै

कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ १४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ १४ २०८१
  • कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै

    काठमाडौँ  । कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिँदै छ। धनुषास्थित निजी अस्पतालमा भर्ना भएर बसेका सिरोहिया ७ दिनअघि नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका थिए।

    images
    images

    स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो। गत मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान जनकपुर ल्याइएको थियो।

    बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार