Sep 20 2024 | २०८१, असोज ४ गते

बजेट भाषण ३ बजेका लागि सर्‍यो 

बजेट भाषण ३ बजेका लागि सर्‍यो 

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
  • बजेट भाषण ३ बजेका लागि सर्‍यो 

    काठमाडौँ । आज दिउँसो १ बजे प्रस्तुत हुने भनिएको आर्थिक वर्ष २०८१/८२ राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) वक्तव्य दुई घण्टाका लागि सरेको छ ।

    images
    images

    संसद् सचिवालयका अनुसार नेपाल सरकारको अनुरोधमा बजेट प्रस्तुतका लागि दिउँसो १ बजे निर्धारित सङ्घीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजेका लागि तोकिएको हो । 

    यसअघि सभामुख देवराज घिमिरेले संयुक्त सदनको बैठक दिउँसो १ बजेका लागि निर्धारण गरेका थिए। आज बस्ने संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार