Sep 20 2024 | २०८१, असोज ४ गते

संसदीय छानबिन समिति : कार्यदलले गर्‍यो ४ बुँदे सहमति

संसदीय छानबिन समिति : कार्यदलले गर्‍यो ४ बुँदे सहमति

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
  • संसदीय छानबिन समिति : कार्यदलले गर्‍यो ४ बुँदे सहमति

    काठमाडौँ। संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठकले चार बुँदे सहमति गरेको छ ।

    images
    images

    मंगलबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकले सो सहमति गरेको हो । चार बुँदे सहमतिमा समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीको विषय हेर्ने, गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानबिन गर्ने र गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने जस्ता विषय छन् ।

    केही सहकारीमा बचत गरिएको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । उसले समिति गठनका लागि दबाबस्वरुप संसद् पनि अवरोध गरेको थियो । सुरुवातमा सत्ता पक्ष समिति गठनका लागि तयार भएको थिएन । तर सदन अवरोध भइरहेपछि समिति गठनको सहमति जुटेको थियो ।

    जेठ ५ गते साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाका नेताहरूले संसदीय समिति गठन गर्ने र त्यसको कार्यादेश (टीओआर) टुंग्याउन कार्यदल गठन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार