Sep 20 2024 | २०८१, असोज ४ गते

यस्तो छ संसदीय छानबिन समितिको टिओआर, २९ सहकारीको नाम तोकियो

यस्तो छ संसदीय छानबिन समितिको टिओआर, २९ सहकारीको नाम तोकियो

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
  • यस्तो छ संसदीय छानबिन समितिको टिओआर, २९ सहकारीको नाम तोकियो

    काठमाडौँ । सहकारी ठगी प्रकरणको छानबिन गर्नका लागि गठन हुने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लागेको छ।

    images
    images

    कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार बसेको कार्यदलको बैठकले टिओआरलाई अन्तिम रुप दिएको हो। कार्यदलले टिओआर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ।

    कानुन मन्त्रीसमेत रहेका कार्यदलका संयोजक पदम गिरीका अनुसार मंगलबार बस्ने प्रतिनिधिसभा बैठकअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदीय छानबिन समितिमा रहने सांसदहरुको नाम टुंगो लगाउनेछ ।

    सात सदस्यीय समितिमा कांग्रेस र एमालेबाट दुई/दुई, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एकरएक जना रहने बताइएको छ।

    समितिलाई प्रतिवेदन बुझाउनका लागि ३ महिनाको समय दिइएको छ। कार्यदलले टिओआरसँगै अनुसूची १ र २ मा गरी अध्ययन गर्ने २९ वटा सहकारीका नाम उल्लेख गरेको छ।

    TOR1_hHoiWKY1Ru.jpg

    TOR2_k897VWcliT.jpg

    TOR3_5vVIXZ0P2E.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार