Sep 20 2024 | २०८१, असोज ४ गते

गृहमन्त्री र महान्यायाधिवक्ताविरूद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा

गृहमन्त्री र महान्यायाधिवक्ताविरूद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १६ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १६ २०८१
  • गृहमन्त्री र महान्यायाधिवक्ताविरूद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी कुनै जाहेरी अभियोजन नपरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेज गर्न माग गरिएको रिट सर्वोच्‍च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको छ।

    images
    images

    रिट सर्वोच्च अदालतमा दर्ता भएपछि बुधबारलाई पेशी तोकिएको थियो। त्यसअनुसार न्यायाधीश पोखरेलको इजलासमा सुनुवाइ हुने भएको हो। 

    महान्यायाधिवक्ताको कार्यालयले गत वैशाख २४ गते गृहमन्त्री लामिछानेलाई सहकारीको रकम हिनामिनामा कुनै उजुरीरजाहेरी नरहेको पत्र दिएको थियो।

    पत्रमा कार्यालयले रुपन्देही, कास्की र चितवनमा बुझ्दा लामिछानेविरूद्ध उजुरीरजाहेरी नरहेको र अनुसन्धान तथा अभियोजन समेत भएको नदेखिएको उल्लेख गरेको थियो। महान्यायाधिवक्ता कार्यालयको पत्रविरूद्ध अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

    तर अदालतका मुख्य रजिष्ट्रारले उनको रिट दरपिठ गरिदिएका थिए। दरिपिठविरूद्ध भट्टराईले सर्वोच्च अदालतमा अर्को रिट दिएका थिए। गत बुधबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजालसले अधिवक्ता भट्टराईको रिट दर्ता गर्न आदेश दिएको थियो।

    भट्टराईले रिटमा महान्यायाधिवक्ता कार्यालयको पत्रको वैधतामाथि प्रश्न उठाएका थिए। रिटमा उनले गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई विपक्षी बनाएका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार