Sep 20 2024 | २०८१, असोज ४ गते

गृहमन्त्री लामिछानेविरुद्ध रिटको सुनुवाइ स्थगित

गृहमन्त्री लामिछानेविरुद्ध रिटको सुनुवाइ स्थगित

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १६ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १६ २०८१
  • गृहमन्त्री लामिछानेविरुद्ध रिटको सुनुवाइ स्थगित

    काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ स्थगित भएको छ ।

    images
    images

    गृहमन्त्री लामिछानेविरुद्ध रिट दिएका अधिवक्ता अनुपम भट्टराईले निवेदन दिएपछि बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा हुन लागेको सुनुवाइ स्थगित गरिएको हो ।

    अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

    लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्नसमेत रिटमा माग गरिएको थियो ।

    रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दीनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको थियो। बुधबार न्यायाधीश पोखरेलको इजलासमा यो रिट सुनुवाइका लागि अन्तिम नम्बरमा पेसी चढेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार