Sep 20 2024 | २०८१, असोज ४ गते

सन्दीपलाई भिसा दिन माग गर्दै काठमाडौंमा युवाको प्रदर्शन

सन्दीपलाई भिसा दिन माग गर्दै काठमाडौंमा युवाको प्रदर्शन

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १६ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १६ २०८१
  • सन्दीपलाई भिसा दिन माग गर्दै काठमाडौंमा युवाको प्रदर्शन

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएका हुन् । माइतीघरमा भेला भएका समर्थक नयाँ बानेश्वरतर्फ अघि बढेका थिए ।

    images
    images

    भिसाका लागि दबाब सिर्जना गर्न समर्थकहरूले महाराजगञ्जस्थित अमेरिकी दूतावासमा जाने तयारी गरेका छन् । अदालतले निर्दोष सावित गरिसकेका खेलाडीलाई विश्वकप खेल्नबाट रोकिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही पनि आन्दोलनमा सहभागी भएका छन् । उनैले आन्दोलनमा आउन सबैलाई आह्वान गरेका थिए ।   

    बलात्कार आरोपबाट गत जेठ २ गते सफाइ पाएपछि सन्दीपले विश्वकप खेल्ने बाटो खुलेको थियो । तर भिसाको समस्या भएपछि उनले विश्वकप गुमाउने सम्भावना बढेको छ । यसबाट समर्थकहरू आक्रोशित बनेका हुन् । यही जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप हुँदैछ । नेपाली टोली भने अहिले विश्वकपको तयारीस्वरुप अमेरिकामा अभ्यास खेल खेलिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार