Dec 04 2024 | २०८१, मंसिर १९ गते

images

कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड

कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १६ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १६ २०८१
  • कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड

    काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले कोशीका प्रदेशका प्रदेश प्रमुखलाई छैटौं लेखापरीक्षण प्रतिवेदन बुझाएको छ । कार्यालयले बुधवार प्रदेश प्रमुख पर्शुराम खापुङलाई बुझाएको प्रतिवेदनअनुसार कोशीमा आर्थिक वर्षक २०७९/०८० मा १ अर्ब ३१ करोड ७६ लाख १० हजार रुपैयाँ बेरुजु देखिएको छ ।

    images
    images
    images

    महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्रीप्रसाद राईले बुधबार प्रदेश प्रमुख खापुङलाई भेटेर प्रतिवेदन बुझाएका हुन् ।

    प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा निकायसमेत गरी १८० वटा कार्यालयको ४७ अर्ब ९३ करोड १ लाख १५ हजार र १८ समिति र अन्य संस्थाको ४ अर्ब ८४ करोड ७० लाख १९ हजारसमेत गरी ५२ अर्ब ७८ करोड ७१ लाख ३४ हजारको लेखापरीक्षण भएको थियो ।

    प्रतिवेदनमा देखाइएको बेरुजुमध्ये १४ करोड ७१ लाख ४० हजार असुल गर्नुपर्ने, १ अर्ब ९ करोढ ४० लाख ४७ हजार नियमित गर्नुपर्ने उल्लेख छ । नियमित गर्नुपर्ने बेरुजुमध्ये पनि ३४ करोड ५२ लाख १ हजार अनियमित भएको र ७४ करोड ८८ लाख ४६ हजार प्रमाण कागजात पेश नभएको तथा ७ करोड ६४ लाख २३ हजार पेश्की दिएको उल्लेख छ ।

    आर्थिक वर्ष २०७९/०८० मा देखिएको १ अर्ब ३१ करोड ७६ लाख १० हजारसहित अद्यावधिक बेरुजुको अंक भने ५ अर्ब ५८ करोड ४ लाख ७ हजार पुगेको बताइएको छ । अद्यावधिक बेरुजु गत वर्षभन्दा १२।४९ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार