Sep 20 2024 | २०८१, असोज ४ गते

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओविरुद्ध पक्राउ पुर्जी जारी

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओविरुद्ध पक्राउ पुर्जी जारी

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ १७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ १७ २०८१
  • सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छोडे लगत्तै अन्य व्यक्तिमाथि अनुसन्धान सुरु भएको छ। प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको छ ।

    images
    images

    सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी गरेको हो ।  

    प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो ।  

    अन्य व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको विषयमा प्रश्न सोध्दा जिल्ला अदालत  धनुषाका रजिष्ट्रार कैलाश भट्टराईले आफूलाई पक्राउ पुर्जी जारी भएको बारे जानकारी नहुने बताए ।

    प्रहरीले धेरै व्यक्तिहरूको हकमा अनुसन्धानका लागि पक्राउ गर्न पुर्जीको अनुमति लिन आउँछ सबै जानकारी नहुने उनले बताए ।  जिल्ला अदालतले यो गोपनीयता भङ्ग गर्ने कुरा  भएकाले बोल्न नमिल्ने र प्रहरीसँग बुझ्न आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार