Sep 20 2024 | २०८१, असोज ४ गते

सगरमाथा आरोही बस्ताकोटीको अन्त्येष्टी

सगरमाथा आरोही बस्ताकोटीको अन्त्येष्टी

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ १८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ १८ २०८१
  • सगरमाथा आरोही बस्ताकोटीको अन्त्येष्टी

    गण्डकी । सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा निधन भएका पोखरा महानगरपालिका वडा नंं २६ का युवा विनोदबाबु बस्ताकोटीको आज मरेखरे घाटमा अन्त्येष्टी गरिएको छ । सगरमाथाको आरोहणपछि आधारशिविरमा फर्कने क्रममा बस्ताकोटीको यही जेठ ९ गते निधन भएको थियो । उनको आठ हजार दुई सय पाँच  मिटरको उचाईको चौथो शिविरमा आइपुग्दा बिरामी भई निधन भएको हो ।

    images
    images

    स्वर्गीय बस्ताकोटीको निवासबाट शवयात्रा गरी पार्थिव शरीरलाई पोखरा सभागृहमा श्रद्धाञ्जलिका लागि राखिएकोमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापालगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए । बस्ताकोटीलाई पोखरा महानगरको नगरप्रहरीले सम्मान व्यक्त गरेको थियो । 

    पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले शोक वक्तव्य जारी गर्दै बस्ताकोटीको निधनले वडाले एक नक्षत्र गुमाएको बताएका छन् । स्वर्गीय बस्ताकोटीलाई वडा नंं २६ ले वडा रत्न घोषणा गर्दै उनको स्मरणमा प्रत्येक वर्ष एक युवालाई साहसी युवा सम्मान प्रदान गरिने वडाध्यक्ष थापाले बताए । 

    विसं २०४३ सालमा पोखरा महानगरपालिका वडा नंं २६ खरानेमा बुवा बाबुराम र आमा विष्णुमायाबाट जन्मिएका बस्ताकोटीले यसअघि सन् २०२३ को नोभेम्बर १ तारिकमा छ हजार १४५ मिटर अग्लो लोवुचे पिक सफल आरोहण गरेका थिए। बस्ताकोटीले अन्तर्राष्ट्रिय पर्वतालय पदप्रदर्शकको समेत तालिम लिएका थिए । उनी बिगत १५ वर्षदेखि पर्यटन व्यवसायमा क्रियाशिल थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार