Sep 20 2024 | २०८१, असोज ४ गते

काठमाडौं र ललितपुरका यी स्थानमा आज ५ देखि ९ घन्टासम्म विद्युत् अवरूद्ध हुने 

काठमाडौं र ललितपुरका यी स्थानमा आज ५ देखि ९ घन्टासम्म विद्युत् अवरूद्ध हुने 

एभरेष्ट हेडलाइन्स
शनिबार, जेठ १९ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, जेठ १९ २०८१
  • काठमाडौं र ललितपुरका यी स्थानमा आज ५ देखि ९ घन्टासम्म विद्युत् अवरूद्ध हुने 

    काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज पाँचदेखि ९ घन्टासम्म विद्युत् सेवा अवरूद्ध हुने भएको छ। विद्युत प्राधिकरणले काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रको मातातिर्थ फिडर र ललितपुरमा पुल्चोक  वितरण केन्द्रको पाटन पुच्लोक फिडर अन्तर्गतका वितरण गरिएका स्थानहरूमा बिजुली आज बिजुली काटिने जानकारी दिएको छ।

    images
    images

    मर्मत तथा कन्डक्टर अपग्रेडका गर्न लागिएकाले ती फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत अवरूद्ध हुनेछ। मातातिर्थ फिडर अन्तर्गत पर्ने दाउरा डिपो, महादेवस्थान, चेकपोष्ट, आयल निगम, गोदाम, थानकोट, त्रिभुवन पार्क, खरिबोट, नागढुंगा, पिपलामोड, बसुन्डोल, इन्द्रथान, टोटीटोल, सिरानचौर, महेश फाट, कुखुरेचौर र झाँगाझिँटीमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत लाइन अवरूद्ध हुनेछ।

    प्राधिकरणका अनुसार ललितपुरको  पाटनपुल्चोक फिडर अन्तर्गत पर्ने भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुनडोल, मन्त्री क्वाटर, झम्सिखेल, अरूण थापा चोक क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ। निर्धारित समयअगावै काम सकिए विद्युत सेवा अगाडि नै सुरू हुने प्राधिकरणले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार