Sep 20 2024 | २०८१, असोज ४ गते

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

एभरेष्ट हेडलाइन्स
शनिबार, जेठ १९ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, जेठ १९ २०८१
  • नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

    काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ) को अनुगमन गरेका छन्। गए राति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिएका हुन् । उजुरी/जाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको सङ्ख्याबारे पनि सो अवसरमा जानकारी लिए।

    images
    images

    गृहमन्त्री लामिछानेले नागरिकका गुनासा तत्काल सुन्न, पीडितमैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन तीनवटै वृत्तका प्रमुखलाई निर्देशन दिए। नयाँ बसपार्क क्षेत्रको विशेष सुरक्षा योजना पाँच दिनभित्र पेस गर्न महाराजगञ्ज वृत्त प्रमुखलाई निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

    प्रहरीको काम कारवाही थप प्रभावकारी बनाउन गर्नुपर्ने सुधारको सुझाव दिन, प्रहरी सङ्गठनलाई अझ नागरिकमैत्री, व्यावसायिक, स्रोत–साधनयुक्त र चुस्त–दुरुस्त बनाउन गर्नुपर्ने कामको योजना बनाउन सुझाव लिनका लागि गृहमन्त्री लामिछानेले तल्लो तहका प्रहरी युनिटको अनुगमन थालेका हुन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार