Sep 20 2024 | २०८१, असोज ४ गते

पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको अनुरोध 

पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको अनुरोध 

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २० २०८१
  • पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको अनुरोध 

    नेपालमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ । जसकारण आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images
    images

    यस्तै, कोशी र गण्डकी प्रदेशको एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । 

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा देशका बाँकी भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ । मुलुकका उच्च पहाडी तथा हिमाली भागका एकरदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना  छ ।

    यस्तै, आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, मधेस र बागमती प्रदेशको केही स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले विभागले ती भेगका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार