Sep 20 2024 | २०८१, असोज ४ गते

काठमाडौँ महानगरले भत्काएको बाटो सडक डिभिजन कार्यालयले टाल्यो 

काठमाडौँ महानगरले भत्काएको बाटो सडक डिभिजन कार्यालयले टाल्यो 

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २१ २०८१
  • काठमाडौँ महानगरले भत्काएको बाटो सडक डिभिजन कार्यालयले टाल्यो 

    काठमाडौँ । सडक डिभिजन कार्यालय, काठमाडौंले काठमाडौं महानगरपालिकाले फुटपाथ बनाउन भन्दै काटेको सडक कालोपत्र गरेको छ । सोमबार बिहानैदेखि सडक डिभिजन कार्यालयका कर्मचारी न्युरोडको जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको सडक कालोपत्र गर्न खटिएका छन् ।

    images
    images

    कार्यालयका सूचना अधिकारी इन्जिनियर प्रमोद खतिवडाले महानगरले काटेर अलपत्र र अस्तव्यस्त भएपछि सडक कालोपत्र गरिएको जानकारी दिए । सूचना अधिकारी खतिवडाले भने, 'हामीले सडक पुनस्स्थापनाका लागि उहाँहरूलाई २ दिनको समय दिएका थियौँ । उहाँहरूले न जवाफ दिनुभयो न काम गर्नुभयो । बर्खाको समयमा सडकलाई अस्तव्यस्त राख्न भएन नि ।'

    सडक डिभिजन काठमाडौंले जेठ १६ गते महानगरलाई पत्र लेख्दै २ दिनभित्र सडक जस्ताको त्यस्तै बनाउन आग्रह गरेको थियो । महानगरले भने पैदलयात्रीलाई अप्ठेरो भएको भन्दै फुटपाथ क्षेत्र बढाउन सडक काटिएको दाबी गर्दै आएको छ । केही दिनअघि काठमाडौंका मेयर बालेन्द्र शाहले एक–एक ट्रक धूलो फोहोर डिभिजन सडक कार्यालय मीनभवन र सडक विभाग कार्यालय बबरमहल अगाडि खन्याउन लगाएका थिए।

    उनले चक्रपथ विस्तारको काम अगाडि नबढाएसम्म हरेक दिन भौतिकमन्त्री महासेठलाई एक ट्रक धूलो उपहारका रूपमा खसालिने भन्दै सामाजिक सञ्जाल फेसबुक र एक्समा धूलो खसालेको भिडियो राखेर पोस्ट गरेका थिए। चक्रपथ विस्तार भने पनि मेयर शाहले न्युरोड क्षेत्रमा फुटपाथ बनाउन नदिइएकोमा असन्तुष्टि पोखेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार