Sep 20 2024 | २०८१, असोज ४ गते

भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लाग्न आग्रह

भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लाग्न आग्रह

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
  • भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लाग्न आग्रह

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संस्थागत भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लग्नुपर्नेमा जोड दिएका छन् ।

    images
    images

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा  उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिका विषयमा गर्दै आएका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्नुपर्छ भने । उनले सदन अवरोधको अभ्यास बढेकामा चिन्ता व्यक्त गरे।

    “हामीले  सदन सञ्चालनको वस्तुनिष्ठ समीक्षा गर्ने बेला भएको छ ।    कुनै एउटा समस्या आउने बित्तिकै महिनौँ सदन अवरूद्ध हुन्छ”, सांसद दाहालले भने, “विवादित विषय किनारा लगाउन संवैधानिक निकाय र राज्यका अख्तियार प्राप्त निकाय छन्, ती निकायलाई काम गर्न नदिएर सदनमा असंसदीय तरिकाले तरिकाले पेस हुन पाइँदैन ।”

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार