Sep 20 2024 | २०८१, असोज ४ गते

राप्रपाले संसद्मा अर्थमन्त्री खोजेपछि...

राप्रपाले संसद्मा अर्थमन्त्री खोजेपछि...

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
  • राप्रपाले संसद्मा अर्थमन्त्री खोजेपछि...

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटसम्बन्धी छलफलमा अर्थमन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने भन्दै प्रश्न उठाएपछि प्रतिनिधिसभा बैठक आज १५ मिनेट स्थगन भयो । 

    images
    images

    बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अर्थमन्त्रीको उपस्थितिबिना आफू नबोल्ने भनेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगन गरे ।
     
    सभामुखसँग समय लिएर राप्रपाका सांसद ज्ञानबहादुर शाहीले बजेटसम्बन्धी छलफलमा अर्थमन्त्रीको उपस्थिति अनिवार्य रहेको भन्दै आगामी बैठकमा उनको उपस्थिति अनिवार्य हुनुपर्नेमा जोड दिए । सभामुखले अर्थमन्त्री बजेटबारे जवाफ दिन राष्ट्रियसभा गएको जानकारी दिए पनि राप्रपाका सांसदले आसनबाट उठेर विरोध जनाए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार