Sep 20 2024 | २०८१, असोज ४ गते

सहकारीको बचत छानबिन गर्ने संसदीय समितिको पहिलो बैठक आज बस्दै

सहकारीको बचत छानबिन गर्ने संसदीय समितिको पहिलो बैठक आज बस्दै

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
  • सहकारीको बचत छानबिन गर्ने संसदीय समितिको पहिलो बैठक आज बस्दै

    काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक लगत्तै सभामुखको उपस्थितिमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

    images
    images

    सभामुखको सचिवालयको अनुसार बैठक संसद भवन बानेश्वरस्थित शंकर हलमा बस्नेछ । गत साता गठित समितिलाई प्रतिनिधि सभाले काम थाल्न एक साताको समय दिएको थियो ।

    कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको दाबी गरेपछि अनुसन्धान गर्नको लागि माग गरेपछि समिति गठन गरिएको छ ।

    समितिमा ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बद्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुसाल र सूर्यबहादुर थापा रहेका छन्। सात सदस्यीय समितिमा कांग्रेस र एमालेका तर्फबाट २/२, माओवादी, रास्वपा र राप्रपाका १/१ जना सदस्य रहनेछन्।

    समितिमा कांग्रेसबाट पाण्डे र न्यौपाने, एमालेबाट थापा र भुसाल, माओवादी केन्द्रबाट दाहाल, रास्वपाबाट खनाल र राप्रपाबाट प्रधान सदस्य रहने भएका छन् । ७ सदस्यीय समितिमा सत्तापक्षको ४ सांसद रहेका छन् ।

    समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको रकम फिर्ताकोको उपायसहितको सुझाव दिनेछ । कार्यादेशमा समस्याग्रस्त २९ सहकारीको नाम समेत उल्लेख छ । जसमा गृहमन्त्री संलग्न भएको ९ सहकारीलाई बेग्लै अनुसूचीमा राखिएको छ । समितिलाई छानबिन गरेर प्रतिवेदन बुझाउनको लागि तीन महिना समय दिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार