Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधिसभा बैठकः बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

प्रतिनिधिसभा बैठकः बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
  • प्रतिनिधिसभा बैठकः बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

    काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ । 

    images
    images

    छलफलमा भाग लिँदै सांसद दीपक गिरीले हरेक वर्ष ल्याइने बजेटको व्यवहारिक कार्यान्वयन नभएको बताए । प्रत्येक आर्थिक वर्षको बजेटमा ‘बजेट व्यवस्था गरिएको’, ‘बजेट व्यवस्था गरिनेछ’ भन्ने शब्द राखेर नागरिकलाई भुक्याउने काम गरिएको उनको भनाइ थियो ।   

    सांसद ठाकुर गैरले आगामी आवको बजेट आधारभूत रुपमा सही रहेको उल्लेख गर्दै सत्तारुढ दलको साझा नीति तथा कार्यक्रममा तादम्यता कायम हुन नसकेको हो कि भन्ने जिज्ञासा राखे । उनले बजेटमा राखिएका कतिपय विषय कार्यान्वयन हुन नसकेको तथ्य पेस गर्दै व्यवहारिक कार्यान्वयनमा जोड दिए । 

    सांसद पूर्णबहादुर घर्तीले सरकारले आगामी आवका लागि प्रस्तुत गरेको बजेटमा पूर्ण समर्थन रहेको बताए । बजेटले संविधानको कार्यान्वयन, रोजगार वृद्धि, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको स्पष्ट पार्दै उनले मुलुकमा देखिएका चुनौतीलाई सम्बोधन गर्ने लक्ष्य बजेटमा राखिएकाले सकारात्मक रहेको बताए । 

    सांसद सन्तोष परियारले राजनीतिक परिवर्तनलाई स्थायित्व बनाउन अर्थराजनीतिले पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले काठमाडौँ उपत्यकालाई सांस्कृतिक सहर घोषणा गर्न माग गरे । चालु खर्च र पुँजीगत खर्चको बीचमा रहेको खाडल कम गरेर जानुपर्नेमा उनले जोड दिए।

    सांसद कृष्णकुमार श्रेष्ठले बजेटमा तराई–मधेशमा भूमिगत जल सिँचाइ कार्यक्रम, स्यालो ट्युबेललगायत विषय समेटिएको, उर्वर भूमिलाई विशेष प्राथमिकतामा राखिएको बताए । तराई–मधेशमा खानेपानीको अभाव रहेकाले त्यसलाई सम्बोधन गर्नेतर्फ ध्यान दिन नसकेको उनले गुनासो गरे । 

    सांसद अमरेशकुमार सिंहले राजनीतिक प्रभावका आधारमा बजेट विनियोजन गरिएको, अर्थतन्त्र मन्दीमा रहेकाले त्यसको समाधानका लागि ध्यान नदिइएको बताए । बैठकमा सांसदहरु बिना जैशवाल, सुशीला श्रेष्ठ, सोनु मुर्मु, सर्वेन्द्रनाथ शुक्लाले आगामी आर्थिक वर्षको बजेटका बारेमा आलोचनात्मक टिप्पणी गरे । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार