Sep 20 2024 | २०८१, असोज ४ गते

नेता महरद्वारा चुरे संरक्षण अभियानमा ऐक्यबद्धता

नेता महरद्वारा चुरे संरक्षण अभियानमा ऐक्यबद्धता

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
  • नेता महरद्वारा चुरे संरक्षण अभियानमा ऐक्यबद्धता

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चुरे तथा वनजङ्गल संरक्षण अभियानमा ऐक्यबद्धता जनाउँदै सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

    images
    images

    काठमाडौँको माइतीघर मण्डलामा १४ दिनदेखि धर्ना बसेका अभियन्ताको मागका सम्बन्धमा वातावरण दिवस अवसरमा ऐक्यबद्धता जनाउँदै नेता महरले सरकार र सदनको ध्यानाकर्षण गराएका हुन् ।

    अभियान्ता चुरे संरक्षण र वातावरण जोगाउन सप्तरीको भारदहबाट २५ दिन पैदल यात्रा गरी यहाँ पुगेर १४ दिनदेखि धर्नामा बसिरहेका छन् ।

    चुरे विनाशले तराईमा पानीका मुहान सुकेर हाहाकार हुने स्थिति पैदा हुनु चिन्ताको विषय भएको भन्दै यसले वातावरणमा प्रतिकूल असर गरिरहेको नेता महरको भनाइ छ ।

    “‘चुरे बचाऊ : हामीलाई पानी देऊ सरकार’ भन्ने  प्रभावित क्षेत्रका जनताको माग हो । पानी नपाएसम्म हामी फर्किनौँ, बरु यतै मर्छौं भनेर जनता सडकमा छटपटाइरहेका छन् । राज्यलाई बिझेको छैन ?”, उनले प्रश्न गरे। 

    चुरे दोहन र वन विनाशका कारण पानीको स्रोत सुक्दै गएको र चुरेवासी पानीको सङ्कटबाट गुज्रिनुपरेको अवस्थालाई राज्यले बेवास्ता गर्न नहुने नेता महरले बताए । “चुरे संरक्षणलाई सबैको साझा मुद्दा बनाउन र संरक्षणमा जुट्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु”, उनले बताए ।

    चुरे मासिँदा भूक्षय बढ्ने, पहिरो जानेलगायत समस्याले त्यस क्षेत्र तथा तल्लो तटीय क्षेत्रमा समेत पानीको स्रोत सुक्दै जाने समस्याप्रति नेता महरले चिन्ता व्यक्त गरे । जमिनमुनिको पानीको स्रोत बचाउन वनजङ्गल फँडानी र अतिक्रमण रोक्नुपर्ने उनको सुझाव छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार