Sep 20 2024 | २०८१, असोज ४ गते

काठमाडौं महानगरका अस्पताललाई आफ्नै औषधि पसल चलाउन १५ दिने अल्टिमेटम 

काठमाडौं महानगरका अस्पताललाई आफ्नै औषधि पसल चलाउन १५ दिने अल्टिमेटम 

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
  • काठमाडौं महानगरका अस्पताललाई आफ्नै औषधि पसल चलाउन १५ दिने अल्टिमेटम 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरमा रहेका अस्पतालहरूलाई आफ्नै औषधि पसल सञ्चालन गर्न १५ दिनको अल्टिमेटम दिएको छ ।

    images
    images

    महानगरको स्वास्थ्य विभागले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र रहेका सबै अस्पतालहरूले आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न भनेको हो ।

    अधिकांश अस्पतालको आफ्नो स्वामित्वमा औषधि पसल नहुँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट वञ्चित हुनुपरेको साथै चर्को मूल्य तिर्नुपरेको गुनासोसमेत महानगरमा आएको बताइएको छ  ।

    अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका २०७२ अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड र अस्पतालहरूले आफ्नो स्वामित्वमा फार्मेसी चलाउनुपर्ने सर्वोच्चको आदेशलाई पनि महानगरले सम्झाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार