Sep 08 2024 | २०८१, भदौ २३ गते

तेस्रो पटक प्रधानमन्त्री बन्ने तयारीमा मोदी, शनिबार शपथ लिने

तेस्रो पटक प्रधानमन्त्री बन्ने तयारीमा मोदी, शनिबार शपथ लिने

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ २४ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ २४ २०८१
  • तेस्रो पटक प्रधानमन्त्री बन्ने तयारीमा मोदी, शनिबार शपथ लिने

    काठमाडौँ । नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रुपमा तेस्रो पटक शपथ लिने तयारी शुरु गरेका छन् । भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिने भएका छन् ।

    images
    images

    समाचार एजेन्सी पीटीआईका अनुसार यस समारोहका लागि मोदीले नेपालसहितका छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाएका छन् । जसमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोरिसस र भुटानका नेताहरुलाई निमन्त्रणा पठाइएको छ । मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारतको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।

    मत गणनापछि भारतीय जनता पार्टीले बहुमत गुमाए पनि एनडीए गठबन्धन बहुमतमा रहेको छ । प्रधानमन्त्री मोदीले बुधबार नै राजीनामा दिएका छन् अब नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने बताइएको छ । सम्भवत मोदीले आज नै सरकार गठनको दाबेदारी गर्नेछन् ।   

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट